या—ची रेलवेद्वारा ‘बेल्ड एण्ट रोड’संयुक्त निर्माण भावना प्रदर्शन
2023-03-10 14:50:42cri
Share with:

यस वर्ष बेल्ड एण्ट रोड प्रस्तावको प्रस्तुत गरिएको दसौँ वार्षिकोत्सव हो। यस अवसरमा याची रेलवे बेल्ड एण्ट रोड द्योतक परियोजनाको रूपमा अगाडि बढाइएको पनि पाँच वर्ष भएको छ। ५ वर्षयता याची रेलवेबाट आवतजावत गरेका यात्रुको संख्या लगातार वृद्धि भएर रेलवेको आय पनि वार्षिक औसत ३५ प्रतिशतले उच्च गतिमा वृद्धि भएको छ। यस रेलवेले जीवन्त रूपमा  बेल्ड एण्ट रोड सहयोगात्मक विचारलाई समेटेको छ।

पूर्वी अफ्रिकाको यातायातको महामार्ग याची रेलवेले इथियोपिया र जिबुतीलाई जोडेको छ र यसलाई इथियोपियाको यातायात जीवन रेखा मानिन्छ। चिनियाँ सिभिल इन्जिनियरिङ् कम्पनी र चिनियाँ रेलवे दोस्रो विभागले संयुक्त निर्माण र सञ्चालन गरेको याची रेलवेको कूल लम्बाई ७५२.७ किलोमिटर रहेको छ। यो रेलवेमा प्रति घण्टा १२० किलोमिटरको गतिमा रेल गुड्छ भने सन् २०१८ जनवरीको १ तारिखका दिन सञ्चालनमा आएको हो।

इथियोपियाका वित्त मन्त्री अहमद शेडका अनुसार, याची रेलवेले इथियोपिया औद्योगिकीकरणतिरको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।