चीनलाई आफ्नो घरको रूपमा हेरेकी कम्बोडियाकी विद्यार्थी छन् चिननिङ
2023-03-10 09:20:10CRI
Share with:

तपाईँको आँखामा “घर” के हो? चिनियाँहरूका लागि घर बस्ने ठाउँ हो। घरमा तपाईँले सुरक्षाको महसूस गर्न पाउनु हुन्छ। हाल चीनमा अध्ययनरत विदेशी विद्यार्थीहरूले चीनको सामाजिक विकासले जीवन र सिकाइका लागि ल्याएको विविधता र सुविधाको उपभोग गरेका छन्। उनीहरूले चीनमा सुरक्षाको महसूस गरेका छन्।

छन् चिननिङ कम्बोडियाबाट आएकी हुन्। हाल उनी क्वाङ सी जाति विश्वविद्यालयकी विद्यार्थी हुन्। चीन आएपछि उनले चीनमा सुविधाजनक जीवनयापन तरीकाको अनुभव गरेकी छिन्। बाहिर जाँदा छन् चिननिङले नगद बोक्नुपर्दैन। उनले र उनका साथीहरूले चीनको विकसित सुविधाजनक इलेक्ट्रोनिक भुक्तानी मन पराएका छन्। उनी भनिन् “चीनमा हामीले नगद बोक्नुपर्दैन, मोबाइलद्वारा भुक्तानी गर्छौँ। हामीले कम्बोडियामा प्रायजसो अवस्थामा नगदको प्रयोग गर्छौँ। अहिले कम्बोडियामा पनि मोबाइलद्वारा भुक्तानी गर्न सकिन्छ। इलेक्ट्रोनिक भुक्तानी कम्बोडियामा भर्खेरै शुरू भएको छ।” 

भर्खरै वितेको चीनको परम्परागत वसन्त चाडमा छन् चिननिङले विश्वविद्यालयमा शिक्षक, शिक्षिका र सहपाठीसँग च्याउ च बनाएकी छिन्, नाचगान गरेकी छिन्। चीनमा जस्तै कम्बोडियामा पनि वसन्त चाड मनाइन्छ। तर छन् चिननिङले चीनमा सबैसँग मिलेर च्याउ च बनाउँदै कुराकानी गर्न पाएकोमा निकै खुसी व्यक्त गरिन्। उनी भन्छिन् “चीनमा वसन्त चाड मनाउँदा मैले शिक्षक, शिक्षिका, अरू विदेशी विद्यार्थीहरूसँग च्याउ च बनाएँ। हामीले च्याउ च खायौँ, नाचगान गर्‍यौँ।” 

नव वर्षमा छन् चिननिङले नयाँ योजना बनाएकी छिन्। उनले चिनियाँ भाषा स्तरलाई माथि उकास्ने, चिनियाँसँग सम्बन्ध गाँस्ने, पैचिङ घुम्न जाने आशा लिएकी छिन्। उनी भन्छिन् “मैरो चिनिषाँ भाषा राम्रो हुने आशा छ, अझै धेरै चिनियाँहरूसँग मित्रता सम्बन्ध गाँस्ने, पैचिङ घुम्न जाने मेरो इच्छा छ।” 

नाननिङमा बसोबास गरेको एक वर्षमा छन् चिननिङलाई खुशी, आनन्द र सुरक्षित लागेको छ। आफ्नो जन्मथलोसित नाननिङको उस्तै मौसम र खाना छ। नाननिङमा बस्नु आफ्नो घरजस्तै छ। उनी भन्छिन् “नाननिङको मौसम राम्रो छ। नाननिङमा धेरै रुख छन्, धेरै पार्क छन्, निकै सुन्दर छ। म नाननिङको खाना मन पराँउछु। यहाँ मेरो घरमाजस्तै छ।”

स्नातक भएपछि उनको योजनाबारे चर्चा गर्दै छन् चिननिङले जन्मथलो फर्कने आशा लिएकी छिन्। उनले अरू कम्बोडियाका विद्यार्थीले पनि अध्ययन गर्न चीन जाने मौका पाउनसक्ने आशा लिएकी छिन्। उनी भन्छिन् “स्नातक भएपछि कम्बोडिया फर्किने विचार छ। चीन उच्च गुणस्तरको विकास चरणमा प्रवेश भएको छ। चीनको आर्थिक विकास स्थिर छ। मजस्तै कम्बोडियाका अरू विद्यार्थीहरू पनि अध्ययन गर्न चीन आउने आशा छ। चीनको विकास स्थिर र अझै उन्नति प्रगति हुने छ भन्ने मेरो विश्वास छ।”