सी चिनफिङलाई जन गणतन्त्र चीनको राष्ट्राध्यक्ष निर्वाचित हुनु भएकोमा लाओसको बधाई
2023-03-11 08:16:43cri
Share with:

मार्च १० तारिख लाओसको जन क्रान्तिकारी पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष थोङलोनले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव र राष्ट्राध्यक्ष सी चिन फिङलाई बधाई सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

 

उहाँका अनुसार सीद्वारा केन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सुदृढ नेतृत्वमा चिनियाँ जनताले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने, विकासका नयाँ अवधारणाहरू कार्यान्वयन गर्ने र उच्च गुणस्तरीय विकास हासिल गर्ने प्रक्रियामा नयाँ उपलब्धिहरू हासिल गर्ने विश्वास छ। लाओस चीनबीचको दीर्घकालीन तथा स्थिर चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा निरन्तर फराकिलो उपलब्धि पाउन सकिने आशा छ।