चीन, साउदी अरब र इरानबीच संयुक्त विज्ञप्ति जारी
2023-03-11 16:45:05cri
Share with:

जन गणतन्त्र चीन, साउदी अरेबिया र इस्लामिक गणतन्त्र इरानले मार्च ११ तारिख बेइजिङमा त्रिपक्षीय संयुक्त वक्तव्य जारी गरेका छन्।

"विज्ञप्ति" ले औँल्याएको छ कि जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा साउदी अरब राज्य र इस्लामिक गणतन्त्र इरानबीच असल छिमेकी र मैत्रीपूर्ण सम्बन्ध विकासमा समर्थन दिने सकारात्मक पहलको जवाफमा साउदी राज्यमन्त्री, क्याबिनेट सदस्य, राष्ट्रिय सुरक्षा सल्लाहकार मुसैद बिन मोहम्मद अल बान र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवको नेतृत्वमा रहेका प्रतिनिधि मण्डलले मार्च ६ देखि १० तारिखसम्म बेइजिङमा वार्ता आयोजना गरेका छन्। दुबै राष्ट्रले वार्ताको आयोजना र यस वार्ताको सफलतालाई बढावा दिएकोमा चिनियाँ नेता र सरकारलाई प्रशंसा र धन्यवाद दिएका छन्।

साउदी अरेबिया र इरानबीच दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने, दुई महिनाभित्र दुई पक्षका दूतावास र प्रतिनिधि कार्यालय खोल्ने, राजदूत आदानप्रदानको व्यवस्था गर्ने र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने लगायतका विषयमा सहमति भएको तीन देशले घोषणा गरेका छन्। तीनै देशले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षालाई सुदृढ गर्नका लागि सकेसम्म प्रयास गर्न इच्छुक रहेको छ।