सी चिन फिङ सर्वसम्मतद्वारा जनगणतन्त्र चीनको राष्ट्राध्यक्षमा पुनःनियुक्त हुनु भएकोमा उत्तर कोरियाको बधाई
2023-03-11 08:42:41cri
Share with:

 मार्च १० तारिख उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले सी चिन फिङ सर्वसम्मतद्वारा जनगणतन्त्र चीनको राष्ट्राध्यक्षमा पुनःनियुक्त भएकोमा बधाई सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार 

 

चिनियाँ पार्टी, सरकार र जनताले हालैका वर्षहरूमा कामरेड महासचिव सीको वरिपरि नजिकबाट एकताबद्ध भएर आधुनिक समाजवादी देश निर्माण गर्ने सङ्घर्षमा हासिल गरेका ठूला उपलब्धिहरूप्रति उत्तर कोरियाको पार्टी, सरकार र जनता खुसी छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको केन्द्रबिन्दुमा कमरेड महासचिव सीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनका निर्णय र व्यवस्थालाई कार्यान्वयन गर्न चिनियाँ जनताले पक्कै पनि नयाँ विजय हासिल गर्ने छन् भन्ने विश्वास छ। । दुई देश र जनताको साझा चाहना र नयाँ युगको आवश्यकताअनुसार उत्तर कोरिया र चीनबीचको परम्परागत मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध अझै प्रगाढ र विकास हुँदै जाने विश्वास गरिएको छ।