वाङ यीद्वारा साउदी अरेबिया र इरानबीचको बेइजिङ वार्ता समापन समारोहको अध्यक्षता
2023-03-11 16:46:20cri
Share with:

मार्च १० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले बेइजिङमा साउदी-इरान वार्ताको समापन समारोहको अध्यक्षता गर्नुभयो। बैठकमा साउदी अरबका राज्यमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार एबान र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव शामखानी सहभागी हुनुभएको छ।

वाङ यीले ऐतिहासिक कदम चालेको र द्विपक्षीय सम्बन्ध सुधार गर्न महत्वपूर्ण नतिजा हासिल गरेकोमा साउदी अरेबिया र इरान दुवैलाई बधाई दिनुभएको छ। दुई देशको भरपर्दो मित्रका रूपमा निरन्तर रचनात्मक भूमिका खेल्न चीन इच्छुक छ।

साउदी अरेबिया र इरानबीचको सम्बन्ध सुधार गरेकाले मध्यपूर्व क्षेत्रमा शान्ति र स्थायित्वको बाटो खोलेको र वार्ता तथा परामर्शका माध्यमबाट देशहरूबीचको द्वन्द्व र मतभेदको समाधान गर्ने उदाहरण बसेको छ। चीनले मध्यपूर्वी देशहरूलाई रणनीतिक स्वतन्त्रताको पालना गर्न समर्थन गर्दछ र विश्व शान्ति र स्थिरता कायम राख्नका लागि वार्ताको माध्यमबाट सबै द्वन्द्व र मतभेदहरूको राजनीतिक समाधान खोज्ने वकालत गर्दछ।