पुटिनद्वारा चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई बधाइ
2023-03-11 09:02:01cri
Share with:

मार्च १० तारिख रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई बधाइ सन्देश पठाएर जन गणतन्त्र चीनको राष्ट्राध्यक्षमा तेस्रोपटक अनुमोदन हुनु भएकोप्रति शुभकामना ज्ञापन गर्नुभएको छ।

चीनको राष्ट्रिय जनकङ्ग्रेसको उक्त निर्णयबाट राष्ट्रनायकको रूपमा रहनुभएको तपाईँको उच्च प्रतिष्ठा देखिएको छ र तपाईँले तर्जुमा गर्नुभएको चिनियाँ आर्थिक तथा सामाजिक विकासलाई बढाउने तथा अन्तर्राष्ट्रिय समूहमा चीनको हितको संरक्षण गर्ने नीतिले व्यापक चिनियाँ जनताको समर्थन पाएको प्रतिबिम्बित भएको भन्दै पुटिनले आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।

पुटिनले हाम्रो साझा प्रयासमा रूस-चीन विभिन्न क्षेत्रका सहयोगले अरू ठूलो र प्रशस्त उपलब्धि पाउनसक्ने दृढ विश्वास आफूले लिएको बताउनुभयो। आफूले सी चिनफिङसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण विषयबारे घनिष्ठ सम्पर्क कायम गर्ने इच्छा लिनुका साथै मैत्रीपूर्ण चिनियाँ जनतालाई फाइदा पुर्याउने कार्यमा नयाँ तथा ठूलो उपलब्धि पाउनसक्ने आशा लिएको पनि उहाँले उल्लेख गर्नुभएको छ।