नोर्डस्ट्रिमको पेट्रोलियम पाइप काण्ड पर्दाफास गर्ने पत्रकार सीमो हशको अन्तर्वार्ता सीजीटीएनमा
2023-03-12 18:12:03cri
Share with:

अमेरिकी नामी पत्रकार सीमो हशले गत फेब्रुअरीमा आफ्नो सर्वेक्षण परिणाम सार्वजनिक गरी नोर्डस्ट्रिम पाइप अमेरिकी खुफिया एकाइ र अमेरिकी सेनाले गोप्य रूपमा ध्वस्त बनाएको खुलासा गर्नुभएको थियो।

 

त्यसबारे पश्चिमी मिडियाहरू सबै चुप लागेका थिए। तर मार्च ७ तारिख अमेरिकी न्युयोर्क टाइम्स, बेलायती द टाइम्स र जर्मनका विभिन्न मिडियाले अकस्मात रूपमा नयाँ खबर सम्प्रेषण गरेर युक्रेन समर्थक समूहले नोर्डस्ट्रिम प्राकृतिक ग्यास पाइपलाइन विस्फोटन गतिबिधि गराएको उल्लेख गरेका छन्।

 

हशले सीजीटीएनलाई अन्तर्वार्ता दिँदै पश्चिमी मिडियाले उक्त तथाकथित नयाँ खबर सार्वजनिक गरेबाट ध्यान स्थानान्तरण गर्ने उद्देश्य देखिएको छ र नोर्डस्ट्रिम विस्फोटन गतिबिधि गर्ने युक्रेनको क्षमता नभएको व्यक्त गर्नुभयो।