साउदी अरब र इरानबीच पैचिङमा हात मिलाउनु अप्रत्याशित होइन
2023-03-12 18:09:22cri
Share with:

मार्च १० तारिख राति चीन, साउदी अरब र इरानले पैचिङमा त्रिपक्षीय संयुक्त वक्तव्य प्रकाशित गरेको खबर विश्वव्यापी चर्चित बनेको छ। उक्त वक्तव्य अनुसार, तीन मुलुकले साउदी अरब र इरानले सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। दुई पक्षबीचको कुटनीतिक सम्बन्धको पुनरूत्थान गर्ने, बढीमा दुई महिनाभित्र दुई पक्षका दूताबास र प्रतिनिधि एकाइको पुनःखोल्ने, आपसलाई राजदूतलाई खटाउने र द्वीपक्षीय सम्बन्धलाई बढाउन छलफल गर्ने विषयहरू समावेश छन्। साथै तीन मुलुकले सार्थक प्रयास गरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षालाई बढाउने इच्छा लिएको पनि व्यक्तव्यमा उल्लेख छ।

त्यसबारे विभिन्न अन्तर्राष्ट्रिय मिडियाले सक्रिय प्रशंसा गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव आन्टेनियो गुटेरेसले चीनको प्रयासप्रति आभार ज्ञापन गर्नुका साथै यसले खाडी क्षेत्रको स्थिरताका लागि मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको छ।

वास्तवमा यदि मध्य-पूर्व स्थितिको परिवर्तन र त्यसमा चीनले गरिरहेको प्रयासबारे ध्यान दिएमा पैचिङमा यी दुई मुलुकबीच हात मिलाउनु नै अप्रत्याशित कुरा नभएको लाग्न सक्छ। विगत धेरै वर्षयमा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकले मध्य-पूर्व क्षेत्रमा द्वन्द्व र भिडन्तको सिर्जना गरेर क्षेत्रीय अशान्ति मच्चाएका छन्। सो क्षेत्रका ठूला मुलुकको रूपमा रहेका साउदी अरब र इरानले निकै उच्च मूल्य तिरेका छन्। मध्य-पूर्व मुलुकले अमेरिका भरपर्दो नभएको कुरा स्पष्ट रूपमा हेरेका छन् र वार्ता गरेर मात्र समस्याको समाधान गर्न सकिने बारे चेतना गरेका छन्। यो नै दुई देशले कुटनीतिक सम्बन्ध पुनर्रूत्थान गर्ने आन्तरिक शक्ति हो।
तर किन पैचिङमा वार्ता भयो? किनभने मध्य-पूर्व मुलुकको रणनीतिक स्वायत्तता र वार्ता तथा सल्लाह गरी समस्याको समाधान गर्नेमा चीन अडिग रहिरहेको छ साथै चीनले कुनै गुट बनाउँदैन र कुनै स्वार्थ खोज्दैन। चीन मध्य-पूर्व मुलुकको विश्वासनीय साथी हो। यसपटक पैचिङ वार्ता नै तीन मुलुकका नेताबीचको सहमतको आधारमा आयोजना भएको हो।

द्वन्द्व कि वार्ता? भिडन्त कि सहयोग? साउदी अरब र इरानले व्यावहारिक गतिबिधि गरी सही छनौट गरेका छन्। त्यसबाट परिवर्तित विश्वमा शान्ति नै प्रमुख प्रवाह हो र वार्ता नै सही छनौट हो भन्ने कुरा प्रमाणित गरिएको छ।