चीनले उच्चस्तरीय वैदेशिक खुलापन अपनाउनेः सी चिन फिङ
2023-03-13 10:11:42cri
Share with:

चीनको सर्वोच्च आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन कांग्रेसको नयाँ वार्षिक सम्मेलन मार्च १३ तारिख पैचिङमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य समितिका अध्यक्ष सी चिन फिङले समापन समारोहमा बोल्दै  चीनको विकासबाट विश्व लाभान्वित भएको र चीनको विकास विश्वसँग सम्बन्धित भएका कारण वास्तविक रूपमा उच्चस्तरीय वैदेशिक खुलापन अपनाउने बताउनुभएको छ। चीनले विश्वव्यापी बजार तथा स्रोतको प्रयोग गरी आफ्नो विकास गर्नुका साथै विश्वको सँयुक्त विकासलाई समेत बढाउने छ।