वैदेशिक लगानीका लागि छुट्टै डेस्क सञ्चालन
2023-03-13 15:19:30cri
Share with:

कम्पनी रजिस्ट्रारको कार्यालयले प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्ने प्रयोजनका लागि अलग्गै डेस्क सञ्चालनमा ल्याएको छ। यस डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीको काममा एकरूपता तथा छिटोछरितो काम हुने गोरखापत्र अनलाइनले जनाएको छ।

यसले लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको सो कार्यालयले जनाएको छ । यस डेस्कले प्रत्यक्ष विदेशी लगानीका कम्पनी दर्ता तथा विदेशी कम्पनीको शाखा दर्ता तथा सम्पर्क कार्यालय स्थापनासम्बन्धी काम गर्न सहजीकरण गर्ने कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।