चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कुल मात्राको निर्धारित वृद्धि दर पाँच प्रतिशत पुर्याउनका लागि विविध कदम चालिनुपर्ने - प्रधानमन्त्रीको भनाइ
2023-03-13 11:24:51cri
Share with:

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएपछि राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

 

प्रधानमन्त्री ली छ्याङले चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कूल मात्राको निर्धारित वृद्धि दर पाँच प्रतिशत पुर्याउनका लागि विविध कदम चाल्नुपर्ने भन्दै निर्धारित वृद्धि दर पाँच प्रतिशत पुग्न सजिलो नभएको र धेरै प्रयास गर्नुपर्ने बताउनुभएको छ।