प्रधानमन्त्री ली छ्याङद्वारा चिनियाँ र विदेशी पत्रकारले सोधेका प्रश्नको जवाफ
2023-03-13 16:00:36cri
Share with:

आज मार्च १३ तारिख चीनको १४औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन सम्पन्न भएपछि चीनका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मलेनमा भाग लिँदै चिनियाँ र विदेशी पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभएको छ।

प्रधानमन्त्री ली छ्याङका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन र चीनको दोस्रो शताब्दी लक्ष्य साकार तुल्याउन चीनले निरन्तर सुधार र खुलापनलाई कायम राख्ने छ।

प्रधानमन्त्री ली छ्याङले मातृभूमिको साथ सहयोग र समर्थन रहनुका साथै‘एक मुलुक दुई व्यवस्था’को प्रत्याभूतिमा हङकङ र मकाउको भूमिका र स्थान अझै बलियो हुने, कमजोर नहुने तथा हङकङ र मकाउको भविष्य अझै सुन्दर हुने विचार व्यक्त गर्नुभयो।

चीनका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै चीनमा श्रमिक जनसंख्या लगभग ९० करोड हुनुका साथै हरेक वर्ष १ करोड ५० लाख नयाँ श्रम शक्ति वृद्धि हुने भएकोले जन शक्ति चीनको एउटा विशाल श्रेष्ठता रहेको बताउनुभयो।

प्रधानमन्त्री लीले अझ महत्वपूर्ण भनेको चीनमा उच्च स्तरीय शिक्षा लिने जनसंख्या २४ करोड अधिक भएको भन्दै हरेक वर्ष १४ वर्षसम्मको औसत शिक्षा लिएको नयाँ जन शक्ति आउने भएकोले चीनमा जन शक्तिको श्रेष्ठता लोप नभएको व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ली छ्याङले चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

प्रधानमन्त्री ली छ्याङले चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कूल मात्राको निर्धारित वृद्धि दर पाँच प्रतिशत पुर्याउनका लागि विविध कदम चाल्नुपर्ने भन्दै निर्धारित वृद्धि दर पाँच प्रतिशत पुग्न सजिलो नभएको र धेरै प्रयास गर्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री ली छ्याङले निजी पूँजीद्वारा संचालित अर्थतन्त्रको विकासको विषयमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नीति सधैँ स्पष्ट रहेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ, २० औँ महाधिवेशन तथा गत वर्षको अन्त्यमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनले सो कुरालाई जोड दिएको बताउनुभएको छ।

प्रधानमन्त्री लीले विगत ८ वर्षदेखि चीनको अन्नबालीको उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी रहेको जानकारी दिँदै अन्नबाली उत्पादनको समर्थनका लागि चीनले थप नीति तर्जुमा गर्ने बताउनुभयो।

प्रधानमन्त्री लीले चीनले एक मात्र चीनको आधारमा दुई किनारा बीचको आर्थिक तथा सांस्कृतिक आदान-प्रदान र सहयोगलाई निरन्तर रुपमा अघि बढाएर अरु बढी थाइवानवासी र थाइवान व्यवसायीहरुलाई चीनको मुख्य भूमिमा भित्र्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।