निजी पूँजीद्वारा संचालित अर्थतन्त्रको विकास वातावरणमा सुधार हुने प्रधानमन्त्रीको भनाइ
2023-03-13 11:27:52cri
Share with:

 

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएपछि राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

 

प्रधानमन्त्री ली छ्याङले निजी पूँजीद्वारा संचालित अर्थतन्त्रको विकासको विषयमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नीति सधैँ स्पष्ट रहेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ, २० औँ महाधिवेशन तथा गत वर्षको अन्त्यमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनले सो कुरालाई जोड दिएको बताउनुभएको छ।