स्यु फू जापानका जानुको रहस्य-1
2023-03-13 14:15:10cri
Share with:

छिंग वंशका प्रथम सम्राट चीनका बादशाह बन्नुभएपछि सधैं नै लामो आयुका बारेमा सोचिरहनुहुन्थ्यो। उहाँले पो हाइ समुद्रमा देव-पर्वत रहेको र सो पर्वतमा चिरायु हुनसक्ने देव-औषधी रहेको कुरा सुन्नुभयो। यसैले प्रथम सम्राटले ती देव-औषधी खोज्नका लागि केही व्यक्तिहरुलाई समुद्रतिर पठाउनुभयो। सबैभन्दा पहिले छिंग राज्यका प्रथम सम्राटका लागि समुद्रतिर देव-औषधी खोज्ने व्यक्ति येन क्षेत्रका मानिस लु शन् हुनुहुन्थ्यो। तर उहाँले देव-औषधी पाउनु भएन। हाल छिंग व्हांग ताओ शहरको तोंग शान् पार्कमा "छिंग राज्यका प्रथम सम्राट देव-‌औषधी खोज्नका लागि समुद्रतिर प्रस्थान गरेको ठाउँ" लेखिएको पूरातात्विक शिलालेख सुरक्षित छ। सन् 1992 मा यहाँ कालो ढुंगाबाट बनेको असी टनको छ मिटर अग्लो सम्राटको मूर्ति स्थापित गरिएको छ।

        लु शनले देव-औषधी फेला पार्न नसकेपछि प्रथम सम्राटले फेरि स्यु फूलाई समुद्रतिर पठाउनुभयो। स्यु फू पहिलो चोटि समुद्रमा गएर फर्कनुभएपछि भन्नुभयोः आफू फं‌ग लाई देव-पर्वतमा पुगेर देव-औषधी देख्नुभयो। तर देव-पर्वतका महादेवले मैले लगेको कोसेली निकै थोरै भएकाले मलाई उहाँले देव-औषधी लैजान दिनुभएन। महादेवका अनुसार देव-औषधी पाउनका लागि उत्तम गुण भएका केटा र केटी तथा कालीगडलाई त्यहाँ पठाउनु पर्छ। प्रथम सम्राटले स्यु फूले देव-औषधी भेटेको खबर सुनेपछि असाध्यै खुशि हुनुभयो र तुरुन्तै तीन हजार केटा-केटीहरु र केही दक्ष कालीगडहरुलाई छानेर स्यु फूसँगै देव-पर्वततिर पठाउनु भयो र देव-औषधी भेट्टाएर ल्याउन आदेश पनि दिनुभयो। स्यु फूले समुद्री क्षेत्रमा केही समयसम्म घुमेपछि देव-औषधी भेट्टाउनु भएन । फर्कनुभएपछि स्यु फूले प्रथम सम्राटलाई भन्नुभएअनुसार यस पल्ट देव-औषधी नभेट्टाउनुको कारण समुद्रमा राक्षस र बडेमाको माछाले विरोध गर्नु थियो। देव-पर्वत पुग्नका लागि अब कुशल शिकारी र उन्नत हतियारको आवश्यक पर्दछ। संयोगवश, त्यति बेला प्रथम सम्राटले समुद्री देवसँग आफू लडेको यौटा सपना देख्नुभयो। ज्योतिषका अनुसार, सपनामा देखेको समुद्री देव उक्त ड्रागन र बडेमाको माछाको प्रतीक थियो। यसैले प्रथम सम्राटले स्यु फूको भनाइमा विश्वास गर्नुभयो। प्रथम सम्राटले स्यु फूलाई शिकारी र हात-हतियार दिएर पठाउनु भयो। त्यसपछि प्रथम सम्राट स्वयम् आफै स्यू फूसँग समुद्रतिर प्रस्थान गर्नुभयो।