कम्बोडियाकी विद्यार्थी छन् चिन निङको चीन बसाइको कथा-२
2023-03-13 10:06:42cri
Share with:

छन् चिन निङले चीन बसाइको सबैभन्दा सुविधाजनक कुरा भनेको बाहिर जाँदा नगद लग्नुनपर्ने बताएकी छिन्। उनी र उनका साथीहरु चीनमा भएको इलेक्ट्रोनिक भुक्तानी प्रणाली मन पराउँछन्,

चीनमा बस्दा हामीले नगद बोक्नु पर्दैन। मोबाइलबाट तिर्न सकिन्छ। कम्बोडियामा हामीले सधैँ नगद प्रयोग गर्नुपर्थ्यो। भर्खरै कम्बोडियामा पनि मोबाइलबाट तिर्न थालियो।

 

चालू वर्षको वसन्त चाडको अवधिमा छन् चिन निङले उनका शिक्षक तथा साथीहरुसँग विद्यालयमा च्याउ च पकाउँदै नाचगान गरी चिनियाँ नव वर्षको रमाइलो वातावरणको अनुभव गरेकी छिन्। कम्बोडियामा पनि वसन्त चाड मनाइने चलन छ। तथापि छन् चिन निङले चीनमा साथीहरुसँग च्याउ च पकाउनुलाई अविस्मरणीय क्षण मानेकी छिन्,

चालू वर्ष मैले चीनमा वसन्त चाड मनाएँ। मैले शिक्षक र अरु विद्यार्थीहरुसँग च्याउ च पकाएँ। हामीले सँगै खाना खायौँ, नाचगान गर्‍यौँ।

नयाँ वर्षमा छन् चिन निङले एउटा लक्ष्य बनाएकी छिन्, जुन आफ्नो चिनियाँ भाषाको स्तर उकासेर अरु बढी चिनियाँ साथीहरु बनाएर पैचिङको यात्रा गर्नु हो।

मैले मेरो चिनियाँ भाषा अरु राम्रो हुन सक्ने र अरु बढी चिनियाँ साथीहरु बनाउन सक्ने आशा गरेकी छु। मैले चिनियाँ संस्कृतिबारे अरु बढी जानकारी लिने चाहना गरेकी छु। यसका साथै पैचिङमा थ्यान आन मन चोक र ग्रेट वालको अवलोकन गर्न चाहेकी छु।

 

नान निङको एक वर्षको बसाइ छन् चिन निङले आनन्द तथा सुरक्षित रुपमा बिताएकी छिन्। उनले यस शहरबाट आफ्नो जन्मथलोको समानता भेटाएकी छिन्। नान निङ र कम्बोडियामा समान मौसम र मीठो खाना, तथा आनन्ददायी वातावरण छ। यहाँ साथीहरु पनि भएकाले उनलाई एक्लो अनुभव भएको छैन। यहाँ उनलाई घर जस्तो लागेको छ।

नान निङको मौसम धेरै राम्रो छ। सुन्दर नान निङमा धेरै रुख र धेरै पार्कहरु छन्। मलाई नान निङका खानाहरु पनि मन पर्छ, किनभने यहाँका खानाहरुको स्वाद कम्बोडियाको खाना जस्तै छ। यहाँ मलाई मेरो घर जस्तै लाग्छ।

 

स्नातकपछि छन् चिन निङले चीनमा सिकेको ज्ञान आफ्नो जन्मस्थलमा उपयोग गर्ने योजना बनाएकी छिन्। साथै कम्बोडियाका अरु बढी विद्यार्थीहरुले चीनमा पढेर कम्बोडिया-चीन सम्बन्धको विकासका लागि योगदान पुर्‍याउन सक्ने आशा गरेकी छिन्,

स्नातकपछि म कम्बोडिया फर्किने छु। किनभने मैले चीनमा सिकेको ज्ञानलाई कम्बोडियामा लगेर कम्बोडियाको विकासमा सघाउ पुर्‍याउने छु। चीन गुणस्तरीय विकासको अवधिमा प्रवेश गरेको छ। चीनको आर्थिक विकास स्थिर छ। म जस्तै कम्बोडियाका विद्यार्थीहरु चीनमा अध्ययन गर्न सक्ने आशा लिएकी छु। चीनको विकास अरु स्थिर र अझ राम्रो हुन सक्ने मेरो विश्वास छ।