शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुन:उत्थान गर्ने रिले बटन आजको पुस्तामा पुर्‍याइयो सी चिन फिङको भनाइ
2023-03-13 10:07:57cri
Share with:

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समापन समारोहलाई सम्बोधन गर्दै शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुन:उत्थान गर्ने रिले बटन आजको हाम्रो पुस्तामा पुर्‍याइएको बताउनुभएको छ।