दुई किनारा बीचको आदान-प्रदान तथा सहयोगलाई अघि बढाइने प्रधानमन्त्रीको भनाइ
2023-03-13 14:09:42cri
Share with:

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएपछि राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।

 

प्रधानमन्त्री लीले चीनले एक मात्र चीनको आधारमा दुई किनारा बीचको आर्थिक तथा सांस्कृतिक आदान-प्रदान र सहयोगलाई निरन्तर रुपमा अघि बढाएर अरु बढी थाइवानबासी र थाइवान व्यवसायीहरुलाई चीनको मुख्य भूमिमा भित्र्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।