राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फी रुपमा अघि बढाउनुपर्ने
2023-03-13 10:11:00cri
Share with:

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फी रुपमा अघि बढाउनुपर्ने र जन मुक्ति सेनालाई राष्ट्रको सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको प्रभावकारी रुपमा संरक्षण गर्ने ग्रेटवालको रुपमा निर्माण गर्नुपर्ने बताउनुभएको छ।