चीनको राष्ट्रिय जन कांग्रेस वार्षिक अधिवेशन सम्पन्न
2023-03-13 10:07:26cri
Share with:

चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन कांग्रेसको नयाँ वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्पन्न समारोहमा सम्बोधन गर्दै जनताको विश्वास आफू अगाडि जाने सबैभन्दा ठूलो यन्त्र तथा काँधमा बोकिएको जिम्मेवारी भएको बताउनुभएको छ।

उहाँले आफूले कानूनको पालना गरी मुलुक र जनतालाई सेवा गर्ने तथा चीनका विभिन्न जातिका जनताको विश्वासलाई निराश नगर्ने व्यक्त गर्नुभएको छ।