चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको शीर्षस्थ वार्तामा सी चिनफिङ सहभागी हुने
2023-03-13 15:22:36cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्च वार्ता १५ तारिख अनलाइन भिडियोमार्फत् आयोजना हुने भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुनेछ।

यो वार्ताको मुख्य विषयवस्तु “आधुनिकीकरणको मार्गः राजनीतिक पार्टीको जिम्मेवारी” भन्ने रहेको छ। विभिन्न देशका राजनीतिक पार्टी तथा संगठनका नेतागण उक्त वार्तामा सहभागी हुनेछन्।