चिनियाँ “मायालु आमा” को माया र इच्छा जिम्बाब्वेको वञ्चित समूहलाई
2023-03-13 14:16:08cri
Share with:

चीनको परम्परागत वसन्त चाडमा जिम्बाब्वेको एक अनाथालयले चिनियाँ “मायालु आमा” ले दिएको दैनिक जीवनका आवश्यक सामग्री र स्टेशनरी पाएको थियो।

 

जिम्बाब्वेको राजधानी हरारेको उत्तरस्थित गरिब क्षेत्रमा “अफ्रिकी बालगृहमा होस्सानाको माया” नामक अनाथालय अवस्थित छ। चीनको परम्परागत वसन्त चाडमा “मायालु आमा” ली मानज्विआनले यो अनाथालय गई जिम्बाब्वेमा बसोबास गरिरहेका चिनियाँहरू र चिनियाँ मूलका जिम्बाब्वेलीहरूले चन्दास्वरुप दिएको चामल, पीठो, खाने तेलआदि सामग्री दिएकी थिइन्। साथै उनले त्यहाँ बालबालिकालाई स्टेशनरी र खिलौना पनि दिएकी थिइन्। 

 

यो अनाथालय जिम्बाब्वेमा बसोबास गरिरहेका चिनियाँहरूको परोपकार  संगठन “मायालु आमा” द्वारा सन् २०१६ मा स्थापना गरिएको हो। अनाथालयबाहेक, “मायालु आमा” संस्थानले सहायतास्वरुप शिशु विद्यालय र प्राथमिक विद्यालयको निर्माण गरेको छ। ली मानज्विआन “मायालु आमा” संस्थानका मुख्य जिम्मेवार व्यक्ति हुन्। उनकाअनुसार,  जिम्बाब्वेमा बसोबास गरिरहेका चिनियाँहरू र चिनियाँ मूलका जिम्बाब्वेलीहरूको समर्थन र मद्दतमा स्थानीय बालबालिकाहरूको जीवनमा स्पष्ट परिवर्तन भएको छ। ली भन्छिन् “पहिलो, हामीले सामग्री दिएर सहयोग गरेका छौँ। हामीले नियमित रुपमा जीवन सामग्री चन्दास्वरूप दिएका छौँ। जस्तै भनौँ चामल, खाने तेल, स्टेशनरी, चिनी। दोस्रो, हामीले अनाथालयका बालबालिकालाई शिक्षण शुल्क चन्दाको रूपमा दिएका छौँ। तेस्रो, हामीले बालबालिकाको उपचारकालागि चिनियाँ चिकित्सा टोलीको व्यवस्था गरेका छौँ। चौथो, हामीले अनाथालयका बालबालिका र होस्साना प्राथमिक विद्यालयका विद्यार्थीलाई चिनिषाँ भाषाको प्रशिक्षण उपलब्ध गराएका छौँ। पछि चिनियाँ भाषा जान्ने जिम्बाब्वेका बालबालिका चीन र जिम्बाब्वेको मित्रताको पुल र पेटी बन्ने हाम्रो विश्वास छ।”

 

“अफ्रिकी बालगृहमा होस्सानाको माया” नामक अनाथालयका जिम्मेवार व्यक्ति साइलुनले ली मानज्विआनको प्रतिनिधित्वमा रहेको चिनियाँ “मायालु आमाहरू” ले अनाथहरूलाई मूल्यवान माया दिएकी बताइन्। साइलुन भन्छिन् “चिनियाँ “मायालु आमाहरू” ले यहाँका बालबालिकाहरूलाई पढाइको व्यवस्था गरेको छ। उनीहरूले पाठ्यपुस्तक र लुगा दिएका छन्। बुबाआमा रहेका बालबालिकाहरू सरह यहाँका बालबालिकाले माया पाएका छन्। हाम्रा बालबालिकाले उपहार पाएका छन्, चिनियाँ भाषा सिकेका छन्। उनीहरूले चिनियाँ आमाहरूको गहिरो मायाको अनुभव गरेका छन्। बालबालिकाको अनुहारबाट हेर्दा उनीहरूले खुशीयालीको अनुभव गरेका छन्।”

 

ली मानज्विआनकाअनुसार, उनी काममा व्यस्त छिन्। तर उनी फुर्सद निकालेर अनाथालयका बालबालिका हेर्न जान्छिन्। उनको विचारमा परोपकारको कामबाट उनले धेरै माया पाएकी छिन्।