चीनका दुई अधिवेशनमार्फत् विश्वसमक्ष न्यानो वसन्त
2023-03-14 10:09:17cri
Share with:

 

१४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन मार्च १३ तारिख पैचिङमा सम्पन्न भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सो अधिवेशनलाई सम्बोधन गर्दै शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुन:उत्थान हुने नयाँ यात्रामा गुणस्तरीय विकासलाई अटलताका साथ अघि बढाउनुपर्ने, मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्न प्रयास गर्नुपर्ने, विदेशका लागि उच्च स्तरीय खुलापनलाई स्थिरताका साथ अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ। भविष्यबारे चीनको परिकल्पनाले चीनको अघि बढ्ने दिशा प्रदर्शन गर्नुका साथै विश्वलाई पनि न्यानो भावना ल्याएको विदेशी सञ्चार माध्यमहरुले ठहर गरेका छन्।

 

चालु वर्षको चीनका दुई वटा अधिवेशनमा “चिनियाँ शैलीको आधुनिकीकरण” एउटा चर्चित विषय बनेको छ। चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रियामा गुणस्तरीय विकास र विदेशका लागि उच्च स्तरीय खुलापनले एकदम महत्त्वपूर्ण भूमिका खेल्ने छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनमा गुणस्तरीय विकास भनेको समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने प्राथमिक जिम्मेवारी रहेको औँल्याइएको छ। चालु वर्षको दुई अधिवेशनको अवधिमा राष्ट्राध्यक्ष सी चिन फिङले च्याङ सु प्रतिनिधि मण्डलसँग लेखाजोखा कार्य भाग लिँदा यस कुरामा फेरि जोड दिनुभएको थियो।

 

विश्वको दोस्रो ठूलो आर्थिक सत्ताको रुपमा चीनले विदेशका लागि उच्च स्तरीय खुलापनलाई निरन्तर रुपमा अघि बढाउँदै आएको छ, जसबाट विश्वका विभिन्न मुलुकहरू चीनको विकासबाट लाभान्वित हुने छ।

 

चिनियाँ शैलीको आधुनिकीकरणको निर्माण प्रक्रियामा चीनले विश्व शान्ति र विकासका लागि थप स्थिरता तथा प्रेरक शक्ति प्रदान गर्ने छ।