मार्च १५ देखि चीन आउन चाहिने विभिन्न प्रकारका भिसा जारी गर्न पुनः सुरु
2023-03-14 16:31:02cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले सार्वजनिक गरेको सूचना बमोजिम, चिनियाँ र विदेशी बीचको आदानप्रदानलाई थप सहज बनाउन सन्२०२३को मार्च १५ तारिख मध्यरातीदेखि चीनमा आउन चाहिने भिसा र प्रवेश नीति परिवर्तित हुँदैछ। माथि उल्लेखित समायोजन यस प्रकार छन्:

१. सन्२०२०को मार्च २८ अघि जारी गरिएको र अझै पनि वैधता अवधि भित्र भएका भिसाको प्रवेशलाई पुनः शुरू गर्ने।

२. विदेशमा रहेका भिसा जारी गर्ने निकायहरूले चीनमा आउनको लागि चाहिने सबै प्रकारका भिसा जारी गर्ने कार्यलाई पुनः सुरु गर्ने।

३. नाकामा रहने भिसा जारी गर्ने निकायहरूले वैधानिक कारणहरू भएका सबै प्रकारका नाका भिसाहरू जारी गर्ने कार्यलाई पुन: सुरु गर्ने।

४. हाइनानमा भिसारहित प्रवेश, शाङहाईमा क्रुज जहाजका लागि भिसा मुक्त, हङकङ र मकाउमा विदेशीका लागि क्वाङतुङमा भिसारहित प्रवेश र आसियान पर्यटक समूहका लागि क्वाङसी प्रान्तीय कुइ लिनमा भिसारहित प्रवेश पुनः शुरू गर्ने।