तेस्रो पटक चिनियाँ राष्ट्राध्यक्ष पद सम्हालेपछि सीको भनाइ के रह्यो?
2023-03-14 07:10:30cri
Share with:

मार्च १३ तारिख चीनको राष्ट्रिय सर्वोच्च निकाय राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन बेइजिङमा सम्पन्न भएको छ र तेस्रो पटक राष्ट्राध्यक्षको पदमा निर्वाचित भएपछि सी चिनफिङले समापन समारोहमा भाषण दिनुभयो। भाषणमा उहाँले पठाउनुभएका सन्देशबारे चर्चा गरौं।

जनतालाई प्राथमिकतामा राख्नु

सीले तेस्रो कार्यकाल शुरू गरेपछि दिनुभएको यो पहिलो सम्बोधन हो। उहाँले जनताको विश्वास नै आफू अघि बढ्दा सबैभन्दा ठूलो प्रेरक शक्ति भएको र यो आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको पनि बताउनुभयो। साथै उहाँले देशको आवश्यकतालाई आफ्नो मिसनको रूपमा राख्दै जनताको हितलाई मापदण्डको रुपमा लिँदै जाने पुष्टि गर्नुभयो।

राष्ट्रको पुनरूत्थानको दौडमा प्रयास गर्नु

भाषणमा सीले ऐतिहासिक जिम्मेवारीप्रति बलियो भावना पनि देखाउनुभयो। आफ्नो भाषणमा, उहाँले सबै जातिसमक्ष प्रतिज्ञा गर्नुभयो कि नयाँ यात्रामा बलियो देश निर्माण र राष्ट्रिय पुनरूत्थानको लागि बढी योगदान दिइनेछ।

मानवजातिको साझा भाग्य समुदायको निर्माणलाई अघि बढाउनु

आफ्नो भाषणमा सीले मानव जातिको साझा भाग्य समुदायको निर्माणलाई बढाउने आफ्नो अवधारणालाई फेरि एकपटक पुष्टि गर्नुभयो। उहाँले यसरी भन्नुभयो, 'चीनको विकासबाट विश्वलाई फाइदा पुर्याइएको छ र चीनको विकासलाई विश्वबाट अलग गर्न सकिँदैन। चीनले शान्ति, विकास, सहकार्य र साझा जीतको झण्डा उठाउँदै, साँचो बहुपक्षीयतावादको अभ्यास गर्दै जानेछ र विश्व शान्ति र विकासमा अधिक स्थिरता र सकारात्मक ऊर्जा थप्दै जानेछ।