नेपाली नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई सी चिनफिङको बधाई
2023-03-14 17:27:03cri
Share with:

मार्च १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले यसरी भन्नुभएको छः चीन र नेपाल पहाड र नदीले जोडिएका मित्रवत छिमेकी हुन्। सन् १९५५मा दौत्य सम्बन्ध स्थापना भएयता, चीन-नेपाल सम्बन्धको सदैव स्वस्थ र स्थिर विकास भइरहेको छ र ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण खडा गरिएको छ। चीन-नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै चीन-नेपाल परम्परागत मित्रतालाई अगाडि बढाउन र दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनको लागि, महामहिम राष्ट्रपति पौडेलसँगसँगै मिलेर काम गर्ने इच्छा मैले लिएको छु। साथै संयुक्त रूपमा उच्च गुणस्तरको 'बेल्ट एण्ड रोड' निर्माण गर्दै मानव आदानप्रदान र सहयोगको विस्तार गर्ने अपेक्षा पनि गरेको छु। विकास र समृद्धिउन्मु युगौंयुगसम्मको मैत्रीपूर्ण चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने मेरो इच्छा छ।