कार्चोपीबाट ग्रामीण पुनउर्त्थानको सुन्दर उदाहरण
2023-03-14 14:42:49cri
Share with:

चिनियाँ राष्ट्रिय जन काँग्रेसकी प्रतिनिधि छ्याउचिन श्वाङमै दक्षिण-पश्चिमी चीनको स छ्वान प्रान्तीय लशशान शहरी मानप्यान यी जातीय स्वायत्त प्रिफेक्चर हावचेन अर्थात् फूलमै नामक कार्चोपी  सहकार्य संघका जिम्मेवार हुनुहुन्छ। त्यहाँ पहाडी क्षेत्रमा परेका हुनाले यातायात बन्द हुनुका साथै आर्थिक अवस्था कम्जोर थियो। त्यसैले त्यहाँ चिनियाँ गरिबी निवारण कार्यको मुख्य जिल्ला र स छ्वान प्रान्तीय मुख्यः गरिकी निवारण क्षेत्र थियो। तर त्यहाँ प्राकृतिक वातावरण सुन्दर हुनुका साथै स्थानीय सर्वसाधारणको सम्बन्ध ज्यादै मेलमिलाप छ। फूलसदको समयमा यी जातीय किशोरी-युवतीहरूले जीवनको आशा र प्रतिक्षा लुगा तथा जुत्तामा कार्चोपी गरेका छन्।

 

सन् २०१५ छ्याउचिन श्वाङमै र अरू केही साथीले कार्चोपी सहकार्य संघको स्थापना गर्नुभयो।

 

हालसम्म उहाँहरूले अनलाइन तथा अफलाइनबाट कम्तीमा ३००० जनालाई यी जातीय कार्चोपी प्रविधि सिकाउनुभयो। जसबाट ८०० जनाभन्दा बढी महिलाहरू घरमा रोजगार भएका छन्। प्रत्यक महिलाका लागि वार्षिक रूपमा सरदर १० हजार युआनको आम्दानी थपिएको छ। कार्चोपी गरेर यी जातीय महिलाहरूले “घरमै बच्चा हुर्काउनका साथै कार्चोपी गरेर पैसा कमाउने” सपना साकार तुल्याएका छिन्। साथै यी जातीय कार्चोपी  प्रान्तीय गैर-भौतिक सम्पदामा सूचिकृत गरिएको छ।

 

“सहकार्य संघको स्थापना भएको सुरूमा सबैभन्दा गाह्रो कुरा के हो भने लगानी थिएन, श्रेष्ठ व्यक्ति थिएन र बिक्री मञ्च पनि थिएन।” छ्याउचिन श्वाङ मैले चर्चा गर्नुभयो। तर सुविधाजनक कर नीतिले सहकार्य संघलाई समर्थन दिएको छ। प्राप्त जानकारीअनुसार, विगत ३ वर्षमा सहकार्य संघले ७७ हजार ८ सय युआनको कर घटाइएको छ। जसले सहकार्य संघको सञ्चालन लागतलाई कम पारिएको छ।

गत वर्ष छ्याउचिन श्वाङमैले प्रत्यक्ष प्रसारणका लागि बचत गरिएको पैसाबाट सहकार्य संघको छेउमा प्रत्यक्ष प्रसारण ठाउँको स्थापना गर्नुका साथै आवश्यक प्रबन्ध पनि किन्नुभयो। उहाँको जानकारीअनुसार, हरेक दिन सरदरमा लगभग २०० दर्शकले उनीहरूको प्रत्यक्ष प्रसारण हेरेका छन्। यद्यपि दर्शकको संख्या त्यति बढी नभए तापनि यी जातीय कार्चोपी सँस्कृति प्रसारण गर्नका लागि पुग्छ। 

 

यी जातीय कार्चोपी सँस्कृतिको प्रसारण गर्न स्याउचिन श्वाङमैले सक्रिय रूपमा स्कुल तथा विद्यालयमा विद्यार्थीहरूलाई उक्त परम्परागत प्रविधिको जानकारी दिनुभएको छ। उहाँको विचारमा गैर-भौतिक सम्पदाको सरंक्षण तथा उतराधिकार साँस्कृतिक आत्मविश्वासको महत्वपूर्ण प्रकार्य हुनुका साथै ग्रमप्ण पुनर्त्थान गर्ने महत्वपूर्ण मञ्च पनि हो।

 

राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा सर्वसाधारणको अझ बढी आवाज सुनाउँदा यी जातीय कार्चोपीबाट सँस्कृति तथा पर्यटनको विकास गर्ने विषयबारे निरन्तर रूपमा सुझाव-राय दिने स्याउचिन श्वाङमैले व्यक्त गर्नुभएको छ।