सीजिटिएनद्वारा टेलिभिजन मञ्चको आयोजना
2023-03-14 15:12:56cri
Share with:

चीनका "दुई महाधिवेशन" सफलताका साथ सम्पन्न भएको अवसरमा चाइना मिडिया ग्रुप अन्तर्गतको अंग्रेजी च्यानल सीजिटिएनले मार्च १३ तारिख "सबै जनताका लागि साझा समृद्धिको आधुनिकीकरण" शीर्षकको टेलिभिजन मञ्चको आयोजना गरेको छ।

सो मञ्चले बेलायत, अमेरिका, अष्ट्रेलिया, ब्राजिल, मलेसियालगायत अरू देशका राजनीतिज्ञहरू तथा विद्वानहरू र चीनका विशेषज्ञहरूलाई वैचारिक छलफल गर्न आमन्त्रित गरेको थियो।

चीनको आफ्नै आधुनिकीकरण प्रक्रियामा साझा समृद्धिको बुझाइ र साझा समृद्धिको अनुभूति गरेर विश्वमा ल्याइएको प्रबुद्धताबारेको बिषय सो मञ्चमा छलफल गरिएको छ।