अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको आणविक पनडुब्बी सहयोगबाट अन्तर्राष्ट्रिय समाज चिन्तित
2023-03-14 10:38:23cri
Share with:

स्थानीय समय अनुसार मार्च १३ तारिख अमेरिकी राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियास्थित सान डिएगो नसेना बेसमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीज तथा बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग तथाकथिततीन पक्षीय सुरक्षा साझेदारी सम्बन्धमा भेटवार्ता गर्नुभएको छ। वार्तामा अस्ट्रेलियालाई आणविक पनडुब्बी प्रदान गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

अमेरिका र बेलायत यी दुईटा आणविक हतियार रहेका मुलुकले अस्ट्रेलिया नौसेनालाई आणविक पनडुब्बी सेनाको स्थापना गर्न मद्दत गरेबाट अन्तर्राष्ट्रिय समाजले आणविक प्रसारको चिन्ता व्यक्त गरेको छ। यी तीन मुलुकको आणविक पनडुब्बीको सहयोगमा धेरै मुलुक र अन्तर्राष्ट्रिय संगठनले कडा शब्दमा विरोध गर्दै यस व्यवहारले गम्भीर रूपमाआणविक हतियार अप्रसार सन्धिलाई उल्लंघन गरेर यस योजनाले आणविक हतियारको प्रतिस्पर्धालाई उत्तेजित गरी क्षेत्रीय शान्ति र स्थिरतालाई नष्ट पार्ने चिन्ता व्यक्त गरेका छन्।