“स्याङ याङका ४ वटा ऋतुहरू” शीर्षकको कृषि वृत्तचित्रको छैठौं भाग--"शरद ऋतुको फसल"
2023-03-14 20:00:35CRI
Share with:

याङत्से नदीको उत्तरमा अवस्थित स्याङयाङ पहाड र नदीहरू मिसिएको ठाउँ हो। विभिन्न प्रकारका भू-आकृतिहरू भएतापनि स्याङयाङका किसानहरूको धानप्रतिको उत्साह ठूलो पाइन्छ। चिनियाँ परम्परागत पात्रो अनुसार, नवौं महिनामा स्याङयाङका धान खेतहरूमा मेशिन र यन्त्रहरू चलिरहेका हुन्छन् र किसानहरू व्यस्त हुन्छन्। धानको सुनौलो दृष्यले सजिनुको कारण धान हरियै छँदा गरिएको वैज्ञानिक सिँचाइ हो।

राम्रो कटनीको मौसम फेरि आयो। पहिले राम्रो फसल भनेको धान पाकेको थियो र फसल सीधै गोदाममा राखिएपछि काम पूरा हुन्थ्यो भने अहिले इन्टरनेटको युगमा इन्टरनेट र नयाँ मिडियासँगै किसानहरूले इन्टरनेटलाई पूर्वाधारको रूपमा मानेर धान बिक्रीको लागि  इन्टर्नेटको प्रयोग गरिरहेका छन्। हरियोदेखि सुनौलो धानसम्म, माटोदेखि इन्टर्नेटसम्म, यहाँको कृषिको निरन्तर विकास भइरहेको छ जसबाट शरद ऋतुको फसलको अर्थलाई पुनः परिभाषित गरिएको छ।