समस्या देखेपछि चिया खाएर छलफल गरौँ
2023-03-14 15:36:40CRI
Share with:

मानिसहरु बीचको अन्तर कति फरक छ? आन ह्वै प्रान्तको ह्वाई पै शहरको लिन ह्वान गाउँमा बसोबास गर्ने बासिन्दाहरुको सँगसँगै चिया खाएपछि समस्याको समाधान गर्ने चलन छ। लिन ह्वान गाउँले एक हजार वर्ष लामो इतिहास बोकेको छ। गाउँमा २० भन्दा बढी चिया रेस्टुराँ छन्। सन् २०१७ देखि यी रेस्टुराँहरुमा “जन कांग्रेसका प्रतिनिधिहरुसँग कुराकानी गर्ने कोठा” राखिएको छ। जिल्ला र गाउँका जन कांग्रेसका प्रतिनिधिहरुले यहाँ आएर जनमत सकंलन गर्ने तथा सर्वसाधारणलाई भेटेर बुझेका समस्याहरु सम्बन्धित सरकारी संस्थालाई पेश गर्ने गर्छन्। लिन ह्वान गाउँका बासिन्दाहरुले चियापानमार्फत् कसरी समस्याहरुको समाधान गर्छन्? निम्न भिडियो हेर्नुहोला।