चिनियाँ राष्ट्राध्यक्ष सीको लेखमा कृषि र ग्रामीण क्षेत्रमा जोड
2023-03-15 16:51:37cri
Share with:

मार्च १६ मा प्रकाशित हुने "छ्यौश" पत्रिकाको छैटौँ अङ्कमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको लेख समावेश हुने भएको छ। उहाँको लेखको शीर्षक "कृषिद्वारा शक्तिशाली मुलुकको निर्माणलाई तीव्रता र कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई वृद्धि" भन्ने रहेको छ।

सीको लेखमा कृषियुक्त शक्तिशाली मुलुकको निर्माण गर्ने लक्ष्यलाई अडानका साथ लिँदै कृषि तथा ग्रामीण कार्यलाई गम्भीरतापूर्वक पूरा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। सन्२०३५ सम्ममा कृषिको आधुनिकीकरणलाई साकार पार्ने र यस शताब्दीको मध्यकालसम्ममा चीनलाई कृषि क्षेत्रको शक्तिशाली मुलुक बनाउने कुरा पनि सो लेखमा लेखिएको छ।

‘हामीले निर्माण गर्न चाहेको कृषिप्रधान शक्तिशाली मुलुक र हामीले साकार तुल्याउन चाहेको कृषि आधुनिकीकरण हाम्रो आफ्नै राष्ट्रिय परिस्थितिको चिनियाँ विशेषतामा आधारित छ, उहाँले लेख्नुभएको छ, ‘पहिलो, आफ्नै शक्तिमा आफ्नो कचौरामा खाना भर्नु; दोस्रो, दुई तहको व्यवस्थापन प्रणालीमा कृषिको विकास गर्नु; तेस्रो भनेको कम कार्बन पर्यावरणीय कृषिको विकास गर्नु; चौथो, कृषि सभ्यतालाई निरन्तरता दिनु र पाँचौं, साझा समृद्धिलाई दृढतापूर्वक बढाउनु।

कृषिप्रधान शक्तिशाली मुलुक काम र प्रयासमार्फत् बनाउनुपर्छ भन्ने कुरामा पनि सो लेखमा जोड दिइएको छ।