अमेरिका,बेलायत, अस्ट्रेलियाद्वारा आणविक पनडुब्बी सहयोगलाई अघि बढाइने, चीनद्वारा खतरनाक मार्गमा अगाडि नजान आग्रह
2023-03-15 10:37:07cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिङले मार्च १४ तारिख योजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिका, बेलायत र अस्ट्रेलियाले आणविक पनडुब्बी सहयोगलाई अघि बढाउने विषय यी तीनवटा मुलुकले आफ्ना भूराजनैतिक हितकालागि अन्तर्राष्ट्रिय समाजको चिन्तालाई बेवास्ता गरेर गलत र खतरनाक मार्गमा हिँडेको औँल्याउनुभएको छ।

प्रवक्ता वाङले यी तीनवटा मुलुकबीचको आणविक पनडुब्बी सहयोगमा आणविक हतियार रहेका मुलुकले आणविक हतियार नभएका मुलुकलाई अधिकांश हतियार तथा स्तरीय युरेनियम प्रदान गर्ने र यस्ता व्यवहारले आणविक प्रसारला जोखिममा पार्नुबाहेकआणविक हतियार अप्रसार सन्धिलाई उल्लंघन गर्ने पनि व्यक्त गर्नुभएको छ।

यी तीन मुलुकले अन्तर्राष्ट्रिय समाज र क्षेत्रीय मुलुकको आग्रहला सुनेर संकीर्ण भूराजनीति विचारधारालाई त्यागी क्षेत्रीय र विश्व शान्ति र स्थिरतालाई नष्ट पार्ने व्यवहार नगर्न चीनले ताकेता गरेको पनि प्रवक्ता वाङले बताउनुभएको छ।