चालु वर्षको अघिल्लो दुई महिनामा चीनको आर्थिक वृद्धि स्थिर
2023-03-15 15:24:02cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले आज १५ तारिख जनाए अनुसार, चालु वर्षको जनवरीदेखि फेब्रअरी महिनासम्म चीनका विभिन्न क्षेत्र तथा संस्थाहरुले स्थिरताका साथ विकास गर्ने सिद्धान्त लागू गर्दै महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासको राम्रो व्यवस्थापन गरी गुणस्तरीय विकासलाई अघि बढाएका छन्। चालु वर्षको अघिल्लो दुई महिनामा चीनको आर्थिक वृद्धि स्थिर रहेको छ।

 

चालु वर्षको अघिल्लो दुई महिनामा चीनको औद्योगिक उत्पादनको थप मूल्य गत वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो दुई महिनामा उपभोग्य वस्तुको कूल विक्री मात्रा ७७ खर्ब ६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो दुई महिनामा अचल सम्पतिको कूल मात्रा ५३ खर्ब ५७ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो दुई महिनामा बेरोजगारी दर ५.६ प्रतिशत रहेको छ। अघिल्लो दुई महिनामा उपभोक्ता मूल्य सूची गत वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशतले वृद्धि भएको छ।