चालु वर्षको पहिलो दुई महिनामा उपभोग दर उल्लेख्य रूपमा वृद्धि
2023-03-15 15:14:37cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क विभागका प्रवक्ता तथा राष्ट्रिय आर्थिक बृहत् तथ्याङ्क विभागका निर्देशक फू लिङ हुईले आयोजित पत्रकार सम्मेलनमा चालु वर्षको पहिलो दुई महिनामा अर्थतन्त्र सञ्चालनको राम्रो पक्ष भनेको उपभोगमा सुधार र पुन:प्राप्ति भएको जानकारी दिनुभएको छ।

 

जनवरीदेखि फेब्रुअरीसम्म, सामाजिक उपभोग्य वस्तुको बिक्रीको कुल मात्रा ३.५ प्रतिशतले बढेको छ। जसबाट बजारको मागको शक्ति बढ्दै आएको देखिन्छ।

 

विशेष गरी, उपभोगका विशेषताहरू यस्ता छन्: पहिलो, सेवाको उपभोग स्पष्ट रूपमा उठेको देखिन्छ। दोस्रो, अधिकांश सामानको बिक्रीमा सुधार भएको देखिन्छ। तेस्रो, सामान्य पसलको बिक्री अवस्थामा उल्लेखनीय सुधार भएको देखिन्छ।