अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको वैधानिक अधिकार र हितको रक्षा गर्ने जिम्मेवारी भारत सरकारकोः चीन
2023-03-15 16:52:59cri
Share with:

मार्च १५ मा आयोजित नियमित पत्रकार सम्मेलनमा स्मार्टफोनका लागि नयाँ सुरक्षा नियम बनाउने योजना भारतले बनाइरहेकोबारे चीनको धारणाबारे प्रश्न उठेपछि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले यसरी भन्नुभएको छः

‘अन्तर्राष्ट्रिय नियम, स्थानीय कानून र नियमहरूको पालना गर्ने आधारमा चिनियाँ उद्यमहरूले वैदेशिक सहकार्य गर्न आवश्यक छ भन्ने कुरा चीन सरकारले सँधै भनिरहेको छ। बजार सिद्धान्त अनुसार चिनियाँ उद्यमहरू लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको वैधानिक अधिकार र हितहरूको रक्षा गर्ने जिम्मेवारी भारत सरकारको हो।’