विश्वव्यापी राजनीतिक पार्टी साझेदारी सम्बन्धको प्रवर्द्धनबाट विश्वव्यापी साझेदारी सम्बन्धलाई गहिरो र प्रगाढ पारिँदैः सी चिनफिङ
2023-03-15 21:05:30cri
Share with:

मार्च १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीचको उच्चस्तरीय संवादमा भाग लिएर महत्वपूर्ण भाषण दिनुभएको छ।

सम्बोधनमा पार्टीहरू बीचको आदानप्रदानबारे चर्चा गर्दै सीले यसरी भन्नुभएको छ, ‘राजनीतिक दलहरूसँगको आदानप्रदान र सहयोगलाई सुदृढ पार्न र विश्वमा सँगै मिलेर अघि बढ्दै जाने प्रतिबद्धमा चिनियाँ कम्युनिष्ट पार्टी रहिरहेको छ। विभिन्न देशका राजनीतिक दलहरू र राजनीतिक सङ्गठनहरूसँगको आदानप्रदानलाई अझ गहन बनाउँदै विचार र चासोका साझा बिन्दुहरूलाई निरन्तर विस्तार गर्ने इच्छा चीनले लिइरहेको छ। नयाँ प्रकारको राजनीतिक दलीय तथा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्नुका साथै विश्वव्यापी राजनीतिक दल साझेदारी सम्बन्धलाई सुदृढ र सुधार गर्ने अपेक्षा पनि चिनियाँ कम्युनिष्ट पार्टीले लिँदै जाने छ।’