राष्ट्राध्यक्ष सी चिनफिङबाट विश्व सभ्यता प्रस्ताव प्रस्तुत
2023-03-15 20:56:06cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्च वार्ताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। उहाँले जोड दिनुभएअनुसार विभिन्न देशको भविष्य तथा भाग्य घनिष्ट रूपमा जोडिएको मानवजातिको आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउन र विश्वको सभ्यतालाई समृद्धि पार्नका लागि विभिन्न सभ्यताबीचको सहिष्णुता तथा सहअस्तित्व, आदानप्रदान तथा आपसी सिकाइले अभिन्न भूमिका खेलेको छ।

पूरै मानवजातिको साझा मूल्य प्रसार गर्ने पहल गर्नुपर्ने बताउँदै उहाँले शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्रता र स्वतन्त्रता विभिन्न देशका जनताको साझा खोजी भएको चर्चा गर्नुभयो।

सभ्यताको उतधिकार तथा नयाँ सिर्जनामाथि महत्व दिँदै विभिन्न देशको इतिहास तथा सँस्कृतिको मूल्यको विकास गरेर आधुनिकीकरण प्रक्रियामा श्रेष्ठ परम्परागत सँस्कृतिको नयाँ सिर्जनात्मक परिवर्तन तथा विकासलाई अगाडि बढाउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामीले अन्तर्राष्ट्रिय सभ्यता तथा सँस्कृतिको आदानप्रदान तथा सहकार्यलाई सबल पार्ने पहल गर्दा विश्वव्यापी सभ्यतासम्बन्धी वार्ता तथा सहकार्य गर्ने नेटवर्कको निर्माणबारे छलफल गरी मानवजाति सभ्यताको विकास तथा प्रगतिलाई संयुक्त रूपमा अघि बढाउनुपर्नेछ।’