चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्चस्तरीय संवादमा सी चिनफिङको सहभागिता
2023-03-15 20:51:13cri
Share with:

बेइजिङ समयअनुसार मार्च १५ तारिख साँझ चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्चस्तरीय संवाद भिडियोमार्फत आयोजित भएको छ।  चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले उच्चस्तरीय संवादको उद्घाटन समारोहमा उपस्थित भई भाषण दिनुभएको छ। 'आधुनिकीकरणको बाटोः राजनीतिक दलहरूको जिम्मेवारी' शीर्षकको उक्त संवादमा नेपाल लगायत विश्वका विभिन्न मुलुकका राजनीतिक दलहरू तथा सङ्घसंस्थाका नेताहरू पनि सहभागी हुनुभएको छ।बेइजिङ समयअनुसार मार्च १५

सम्बोधनमा आधुनिकीकरणबारे चर्चा गर्दै सीले यसरी भन्नुभएको छः आधुनिकीकरणको अन्तिम लक्ष्य जनताको स्वतन्त्रताको लागि व्यापक विकासलाई साकार तुल्याउनु हो। राजनीतिक दलहरूले जनताको राम्रो जीवनको चाहनालाई लक्ष बनाउँदै, सभ्यता र प्रगतिप्रति जनताको चाहनाअनुसार, भौतिक समृद्धि, राजनीतिक स्पष्टता, आध्यात्मिक समृद्धि, सामाजिक स्थायित्व र पर्यावरणीय सुरक्षालाई पूरा गर्ने प्रयास गर्नुपर्छ। यसो गर्दा आधुनिकीकरणबाट सबै पक्ष र बहुआयामिक आवश्यकतामा जनताका मागलाई अझ राम्रोसँग जवाफ दिन सकिने छ र मानव समाजको दिगो विकासलाई अघि बढाउन सकिने छ।

चिनियाँ शैलीको आधुनिकीकरणबारे चर्चा गर्दै सीले आफ्नै राष्ट्रिय अवस्था र अन्य देशको अनुभवमा आधारित चिनियाँ शैलीको आधुनिकिकरणमा इतिहास र संस्कृतिको बिँडो थामिएको साथै आधुनिक सभ्यतालाई पनि मिलनमा राखिएको बताउनुभयो। यसका अतिरिक्त, चिनियाँ जनताको हित-कल्याणको सिर्जना गरिने साथै विश्वको साझा विकासको प्रवर्द्धन पनि गरिने भन्दै सीले यो नै शक्तिशाली मुलुकको निर्माण र राष्ट्रिय पुनरूत्थानको लागि एक फराकिलो मार्ग र चीनको लागि मानव प्रगति र विश्व सद्भाव खोज्ने एक मात्र बाटो भएको पनि दोहोर्याउनुभयो।