"नयाँ युगमा चीनको इन्टरनेट नियम र कानूनको निर्माण" श्वेतपत्र प्रकाशित
2023-03-16 14:11:37cri
Share with:

चीनको राज्य परिषदको सूचना कार्यालयले आज मार्च १६ तारिख "नयाँ युगमा चीनको इन्टरनेट नियम र कानूनको निर्माण" शीर्षकमा श्वेतपत्र प्रकाशित गरेको छ। पत्रकार सम्मेलनमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूले सो श्वेतपत्र सम्बन्धित् जानकारी दिएका छन्।

 

श्वेतपत्र अनुसार, चीनले इन्टरनेट क्षेत्रमा १ सय ४० भन्दा बढी कानून बनाएको छ। चीनको संविधान र परम्परागत कानूनका आधारमा इन्टरनेटको कानुनी प्रणालीको निर्माण भएको देखिन्छ। साथै चीनमा इन्टरनेटको निर्माण र व्यवस्थापन, इन्टरनेटको सुरक्षा र सूचनासमेतको कानुनी प्रणाली स्थापित भइसकेको देखिन्छ। सो प्रणालीले बलियो इन्टरनेट राष्ट्रको निर्माणका लागि सुदृढ आधार उपलब्ध गराएको छ।

 

श्वेतपत्र बमोजिम, चीनले इन्टरनेटको कानुनी शासन सम्बन्धी अन्तर्राष्ट्रिय आदानप्रदान र सहकार्यलाई सक्रिय रूपमा विकास गरेको छ। स्वतन्त्रता, पूर्ण समानता र पारस्परिक सम्मानको आधारमा चीनले अरू देशहरूसँग मिलेर विश्वको इन्टरनेटको सुधार र विकासमा प्रगति गरेको छ। चीनले विश्वव्यापी इन्टरनेटको विकास तथा उपलब्धिहरूलाई विश्वसँग साझा गर्नुका साथै इन्टरनेटको  साझा भविष्यको समुदायको निर्माण गर्दैआएको देखिन्छ।