अमेरिका, बेलायत र अस्ट्रेलियाको आणविक पनडुब्बी सम्बन्धी सहयोग विगत एक सय वर्षयता अस्ट्रेलियाको सबैभन्दा अनुचित निर्णय रहेको अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री किटिङको भनाइ
2023-03-16 15:11:41cri
Share with:

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री पाउल किटिङले अमेरिका, बेलायत र अस्ट्रेलियाको आणविक पनडुब्बी सम्बन्धी सहयोग विगत एक सय वर्षयता अस्ट्रेलियाको सबैभन्दा अनुचित निर्णय रहेको भन्दै सो निर्णय अस्ट्रेलियाको हित तथा क्षेत्रीय सुरक्षाका लागि प्रतिकुल रहेको दाबी गर्नुभएको छ।

 

किटिङले मार्च १५ तारिख अस्ट्रेलियाको राष्ट्रिय पत्रकार संघद्वारा आयोजित एउटा कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।

 

किटिङले एसियामा अवस्थित अस्ट्रेलियाले आफूलाई अमेरिकाको भाइ ठानेर एसियाको सुरक्षा समस्यालाई बेवास्ता गरी अमेरिकालाई आणविक पनडुब्बी खरिद गर्ने कुरा खर्चिलो मात्र नभई एउटा अपरिपक्व निर्णय भएको पनि औँल्याउनुभयो।