विश्व सभ्यता प्रस्ताव नयाँ युगमा चीनद्वारा अन्तर्राष्ट्रिय समाजलाई प्रस्तुत महत्त्वपूर्ण सार्वजनिक वस्तु हो - परराष्ट्र मन्त्रालयको भनाइ
2023-03-17 14:56:03cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मार्च १६ तारिख विश्व विकास प्रस्ताव तथा विश्व सुरक्षा प्रस्तावपछि विश्व सभ्यता प्रस्ताव नयाँ युगमा रहेको चीनले अन्तर्राष्ट्रिय समाजलाई प्रदान गरेको अर्को महत्त्वपूर्ण सार्वजनिक वस्तु भएको तथा त्यसले मानव जातिको आधुनिकीकरण प्रक्रियालाई अघि बढाउन तथा मानव जातिको साझा भाग्य समूदायको निर्माण गर्न विशाल प्रेरक शक्ति थप्ने बताउनुभएको छ।

 

मार्च १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीचको उच्चस्तरीय संवादमा पहिलो पटक विश्व सभ्यता प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्ताव प्रस्तुत गर्नेबित्तिकै अन्तर्राष्ट्रिय समाजले सक्रिय प्रतिक्रिया जनाएको छ। धेरै मुलुकका मानिसहरुले सो प्रस्तावले विभिन्न सभ्यताको आदान-प्रदान र मानव जातिको सभ्यताको प्रगतिलाई अघि बढाउने ठहर गरेका छन्।