बेइजिङमा चीन-नेपाल मैत्री सम्बन्धबारे अन्तर्क्रिया
2023-03-17 17:33:40cri
Share with:

चीनका लागि नेपाली दूतावासले नेपाल सम्बन्धमा अध्ययन गर्ने चिनियाँ विज्ञहरुसँग अन्तर्क्रिया गरेको छ। शुक्रबार दूतावासमा आयोजित अन्तर्क्रियामा चीनका विभिन्न विश्वविद्यालयमा कार्यरत विज्ञहरूले भाग लिएका थिए। उनीहरूले नेपाल-चीन सम्बन्धमा विभिन्न आयामहरुका बारेमा चर्चा गरे। 

चीनका लागि दक्षिण एसिया जोड्ने महत्वपूर्ण द्वारका रूपमा रहनुका साथै चीन र भारतजस्ता ठूला अर्थतन्त्रका बीचमा रहेकाले नेपालका लागि राम्रो अवसर रहेको उनीहरूले औंल्याए। इतिहासकादेखि नै नेपाल  र चीनबी सामाजिक तथा सांस्कृतिक सम्बन्ध निकै बलियो रहेको पनि उनीहरूले बताए।

नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले विज्ञहरू नै जनस्तरका सन्देश संवाहक तथा सरकारका अघोषित सल्लाहकार भएकाले आपसी सम्बन्धलाई घनिष्ठ बनाउनसक्ने बताउनुभयो।

कार्यक्रममा नेपाल सम्बन्धी अध्येता तथा विज्ञहरू वाङ होङ वेइ, चाङ सु पिन, हु श् शङ, छन स्याओ छन् लगायत सहभागी थिए।