चिनियाँ राष्ट्राध्यक्ष सीबाट प्रस्तुत मानव समाजको आधुनिकीकरणलाई अघि बढाउने नयाँ अवधारणा र विश्व सभ्यता प्रस्तावहरू
2023-03-17 08:25:01cri
Share with:

मार्च १५ मा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीचको उच्चस्तरीय संवादमा चीनका सर्वोच्च नेता सी चिनफिङले मानव समाजको आधुनिकीकरणलाई अघि बढाउने नयाँ विचार तथा विश्व सभ्यताको प्रस्तावहरू भन्ने विषयमा आफ्नो नयाँ विचार प्रस्तुत गर्नुभयो। मानव समाजलाई कस्तो खालको आधुनिकीकरणको खाँचो छ? विश्व सभ्यताको भविष्य के-कस्तो हुनुपर्छ? यसबारे चर्चा गरौं।

वास्तवमा हामीलाई कस्तो खालको आधुनिकीकरणको खाँचो छ?

माथिको प्रश्नको जवाफ दिन सीले यस पटकको संवादमा पाँचवटा प्रस्तावहरू अघि सार्नुभएको छ। आधुनिकीकरणको दिशामा जनताको स्वभाव, गन्तव्य विविधता, प्रक्रियाको निरन्तरता, उपलब्धिहरू सबैको लागि लाभान्वित र नेतृत्वको दृढता। तीमध्ये 'जनता केन्द्रित'भन्ने देश शासन व्यवस्था सम्बन्धि सी चिनफिङको मूल अवधारणा हो भने आधुनिक देश निर्माणको उद्देश्य जनतालाई राम्रो जीवन बिताउन दिनु हो। उपलब्धिहरू सबैको लागि लाभकारी हुनु नै मानव जातिको संयुक्त भाग्य समुदाय भन्ने सी चिनफिङको विचारको मूर्त रूप हो। यसबारे चर्चा गर्दै सो संवादमा उहाँले स्पष्ट रूपमा यसरी भन्नुभयो,  ‘आधुनिकीकरणको लक्ष्यलाई पूरा गर्न खोजेका कुनै देशले पनि संयुक्त निर्माण, बाँड्ने र साझा जीत भन्ने बाटो लिनुपर्छ। अगाडि रहेका देशहरूले अरूलाई विकास गर्न साँच्चिकै सहयोग गर्नुपर्छ।’

सो संवादमा सीले फेरि एकपटक चिनियाँ शैलीको आधुनिकीकरणबारे विस्तृत व्याख्या गर्नुभयो, चिनियाँ शैलीको आधुनिकीकरण आफ्नै राष्ट्रिय अवस्था र अन्य देशको अनुभवमा आधारित हो। इतिहास र संस्कृतिको बिँडो थामिएको हो, र आधुनिक सभ्यतालाई मिसिएको हो। यसबाट चिनियाँ जनतालाई फाइदा पुर्याउनुका साथै विश्वको संयुक्त विकासलाई पनि अघि बढाउँछ।

सीको विश्व सभ्यता प्रस्तावको अर्थ के हो?

सो संवादमा सीले पहिलो पटक 'विश्व सभ्यता प्रस्ताव' प्रस्तुत गर्नुभएको छ।

सी चिनफिङले प्रस्तुत गर्नुभएको 'विश्व सभ्यता प्रस्ताव'का मुख्य विषयहरू यस प्रकार छन, विश्व सभ्यताको विविधताको सम्मानको संयुक्त प्रवर्द्धन गर्ने, संयुक्त रूपमा सम्पूर्ण मानवजातिका साझा मूल्यमान्यताको प्रवर्द्धन गर्ने, सभ्यताको उत्तराधिकार र नवप्रवर्तनमा महत्व दिने र संयुक्त रूपमा अन्तर्राष्ट्रिय मानव आदानप्रदान र सहयोगलाई सुदृढ पार्ने।

विभिन्न सभ्यताबारे चर्चा गर्दै सीले यसरी जोड दिनुभयो, ‘विभिन्न सभ्यताको समावेशी सहअस्तित्व र पारस्परिक आदानप्रदानले मानव समाजको आधुनिकीकरण प्रक्रिया लगायत विश्व सभ्यताका सयौं बगैँचालाई समृद्ध बनाउने क्रममा अतुलनीय भूमिका खेल्ने छ।

आदानप्रदानले गर्दा सभ्यताहरू समृद्ध हुन्छन् र पारस्परिक शिक्षाद्वारा सभ्यताहरू यथेष्ठ बन्न जान्छ। मानव सभ्यताको नयाँ स्वरुप चिनियाँ शैलीको आधुनिकीकरणले विश्वका अन्य सभ्यता एका अर्कासँग सिकेर विश्व सभ्यताका सयौं बगैंचा अझ सुन्दर हुँदै जानेमा शंका छैन।