चीनद्वारा सीमावर्ती आर्थिक सहयोग क्षेत्रको उच्च गुणस्तरीय विकास प्रवर्द्धन गर्न नीति तथा उपायहरू सार्वजनिक
2023-03-17 10:07:51cri
Share with:

चीनका वाणिज्य मन्त्रालयसमेतका १७ वटा विभागले हालै सीमावर्ती देशसँगको आर्थिक सहयोग क्षेत्रको उच्च गुणस्तरीय विकास प्रवर्द्धन गर्ने सूचना सार्वजनिक गरेका छन्। सो सूचनाले शीर्ष-स्तरीय डिजाइन र प्रणाली सुधार गर्न तथा प्रभावकारी रूपमा सहकार्य गर्नका लागि चीनले पाँच प्रमुख वर्गका नीति र उपायहरू सार्वजनिक गरेको छ।  

 

सीमावर्ती क्षेत्रसँगको आर्थिक सहयोग चीनका लागि छिमेकी मुलुक तथा क्षेत्रसँगको सहकार्य सुदृढ गर्ने र ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्ने महत्वपूर्ण मञ्च भएको उक्त सूचनामा औँल्याइएको छ साथै सीमावर्ती क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि पनि महत्त्वपूर्ण भएको मानिएको छ।

 

पाँच वर्गका नीतिहरू यस्ता छन्:

पहिलो, खुला प्लेटफर्मको स्थापना गर्नुपर्ने र बन्दरगाहहरूसँगको सम्पर्कलाई सुदृढ गर्नुपर्ने छ।

दोस्रो, अन्तर्राष्ट्रिय सहकार्यलाई विस्तार बनाउने र क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौतालाई उच्च गुणस्तरको रूपमा कार्यान्वयन गर्नुपर्ने छ।

तेस्रो, औद्योगिक सिर्जना र विकासलाई समर्थन गर्नुपर्ने छ।

चौथो, आर्थिक सहकार्यलाई अझै बढाउनुपर्ने छ।

पाँचौँ, कार्यको व्यवस्थापन संयन्त्रलाई सुधार गर्नुपर्ने छ।