“आधुनिकीकरण सम्बन्धी प्रश्नहरु”को जवाफ दिने चिनियाँ प्रस्ताव
2023-03-17 10:03:48cri
Share with:

 

मार्च १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीचको उच्चस्तरीय संवादमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ। महासचिव सीले आधुनिकीकरणको बाटो खोज्ने चिनियाँ कम्युनिष्ट पार्टीको सोचाईबारे प्रष्ट पार्नुका साथै “आधुनिकीकरण सम्बन्धी प्रश्नहरु”को जवाफ दिनुभएको छ। यसका साथै उहाँले पहिलो पटक विश्व सभ्यता प्रस्ताव प्रस्तुत गर्दै विश्व आधुनिकीकरणको प्रक्रियालाई अघि बढाउन तथा मानव जातिको सभ्यताको प्रगतिका लागि चिनियाँ प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

 

आधुनिकीकरण अन्तर्राष्ट्रिय समाजको सामान्य इच्छा हो। विकासको अवधि तथा ऐतिहासिक संस्कृतिको भिन्नता रहेकोले आधुनिकीकरणबारे विभिन्न मुलुकहरुको बुझाइ पनि फरक छ। महासचिव सीले चीनको धारणा प्रष्ट पार्दै प्रस्ताव प्रस्तुत गरी विश्वको सबैभन्दा ठूलो पार्टीका नेताका राजनीतिक बुद्धि तथा उत्तरदायित्वको प्रदर्शन गर्नुभएको छ।

 

सन् २०२२ को अक्टोबरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणको सिद्धान्तबारे गहन रुपमा प्रष्ट पारिएको थियो। यस पटकको चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीचको उच्चस्तरीय संवादमा महासचिव सीले विश्वका लागि चिनियाँ शैलीको आधुनिकीकरणको अर्थबारे फेरि स्पष्ट पार्दै “चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ उपलब्धिले विश्व विकासका लागि नयाँ अवसर प्रदान गर्दै आधुनिकीकरण बाटोप्रति मानव जातिको सोचाइमा नयाँ प्रेरक शक्ति पुर्‍याएर मानव जाति समाजको आधुनिकीकरणको सिद्धान्त तथा व्यवहारमा सिर्जना गर्नका लागि नयाँ योगदान पुर्‍याउने” कुरामा जोड दिनुभएको छ।