चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय संस्थाको सुधार योजना सार्वजनिक
2023-03-17 10:00:04cri
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राज्य परिषद्ले पार्टी र राष्ट्रिय संस्थाको सुधार योजनासार्वजनिक गरेको छ। उक्त योजना अनुसार, नयाँ युग नयाँ यात्रामा भेटिएको नयाँ कार्यभारसामु, चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी संस्थाको व्यवस्था र क्षमता तथा सम्पूर्ण समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने र सम्पूर्ण रूपमा चिनियाँ जातिको पुनःउत्थान गर्ने मागअनुकूल नभएकोले पार्टी र सरकारी संस्थाको प्रणाली र कार्यभारलाई परिवर्तन र सुधार गरिनुपर्छ।

उक्त योजनामा, चिनियाँ कम्युनिष्ट पार्टी तथा मातहतका संस्था, चीनको राष्ट्रिय जन कांग्रेस तथा मातहतका संस्था, चीनको राज्य परिषद् तथा मातहतका संस्था र चीनको राष्ट्रिय परामर्शदात्री सम्मेलन तथा मातहतका संस्थामा परिवर्तन र सुधार गरिने छ। योजनाअनुसार, चीनले विज्ञान र प्रविधि मन्त्रालय, राष्ट्रिय मौद्रिक निगरानी व्यूरो, राष्ट्रिय डाटा व्यूरोको स्थापना गर्ने छ। यसबाट चीनले वैज्ञानिक र प्राविधिक विकासलाई सबल पार्ने, मौद्रिक क्षेत्रको गहिरो सुधार र निगरानीलाई अघि बढाउने र डिजिटल विकासमा ध्यान दिने देखाइएको छ।

योजना अनुसार, यस चरणको परिवर्तन र सुधार कार्यभार केन्द्रीय स्तरमा यसै वर्षको अन्तसम्ममा पूरा हुने र स्थानीय स्तरको काम आगामी वर्ष सन् २०२४को अन्तसम्म पूरा हुने छ।