एशिया-प्रशान्त क्षेत्र भूराजनीतिक खेलको अखडा होइन-चिनियाँ परराष्ट्र मन्त्रालय
2023-03-18 16:20:13cri
Share with:

जापानी प्रधानमन्त्रीको भारत भ्रमण योजनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले १७ तारिख नियमित पत्रकार सम्मेलनमा  एशिया-प्रशान्त क्षेत्र भूराजनीतिक खेलको अखडा होइन भन्ने कुरामा जोड दिनुभएको छ।

प्रवक्ता वाङका अनुसार, देशबीचको सहकार्य क्षेत्रीय देशहरूबीचको बुझाइ तथा विश्वास बढाउनका लागि र क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि सहयोगी हुनुपर्छ, तेस्रो पक्षमाथि लक्षित वा तेस्रो पक्षको फाइदामाथि क्षति पुर्याउनका लागि होइन। केही मुलुकले ठूलो स्वरमा कथित “एशिया-प्रशान्तको स्वतन्त्रता तथा खुलापन”को प्रचार गरे तापनि वास्तवमा प्रतिस्पर्धी समुदायको निर्माण गरिरहेको छ। चीनलाई त्यससम्बन्धी गतिविधि तथा योजनाबारे चासो लाग्दैन। चीनले ध्यान दिएको भनेको केही मुलुकले प्रशान्त महासागरमा आणविक फोहोर पानीको स्वतन्त्र निष्काशन गर्ने योजना भन्ने हो।