#समाचार सन्दर्भ# धेरै चिनियाँ पर्यटक नेपाल जाने, तयारी भयो?
2023-03-18 08:50:21cri
Share with:

चीनले मार्च १५ तारिखदेखि लागू हुने गरी चिनियाँ पर्यटकको बाह्य मुलुक जानसक्ने ४० वटा मुलुकको सूचि जारी गरेको छ। सार्वजनिक यी ४० मुलुकको नामावलीमा नेपाल पहिलो स्थानमा पर्दछ।

यस अगाडि नै, चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले पत्रकार सम्मेलनमा घोषणा गर्दै विदेश आवतजावत र सहयोगलाई सहजीकरण गर्न चीन सरकारले मार्च १५ तारिखदेखि महामारी अगाडि जारी भएको मान्यता अवधिमा रहेको भिसालाई पुनः चीनमा प्रवेश छुट दिने, पर्यटन लगायत विभिन्न भिसा पुनः जारी गर्ने र क्षेत्रीय भिसा मुक्त नीतिलाई पुनः सञ्चालन गर्ने व्यक्त गर्नुभएको छ।

यस कदम चीन सरकारले महामारीको परिवर्तन बमोजिम समयमै आवतजावत नीतिलाई मिलाउने सम्बन्धित छ। हालै चीनको महामारी अवस्था स्थिर भएर नागरिकले विदेश गएर घुम्ने माग बढ्नुका साथै विभिन्न मुलुकहरूले पनि चिनियाँ पर्यटकलाई पर्खिरहेका छन्। त्यसैले चीनले श्रृंखलावद्ध कदम चाली मानवीय आवतजावतलाई सुविधाजनक बनाउनेछ।

राम्रा सूचनाले चिनियाँ पर्यटकलाई अझै प्रोत्साहित गरेको छ। नेपाली पर्यटन विभागबाट प्रकाशित तथ्याङ्कका अनुसार, यसै जनवरीदेखि फेब्रुअरीसम्म नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या उल्लेखीय रूपमा बढेको छ। जनवरीमा कुल १५००जना चिनियाँहरूले नेपालको यात्रा गरेका छन्। र यो संख्या फेब्रुअरीमा लगभग २३०० जना पुगेको छ। नेपाली पर्यटन बोर्डका जिम्मेवार व्यक्तिले चिनियाँ पर्यटनको संख्याको स्पष्ट वृद्धिले ज्यादै सक्रिय सूचना दिएको कुरा प्रकट गर्नुभयो। विदेशमा सामूहिक यात्रा पुनः सुचारु हुने ४० वटा मुलुकको नामावली सार्वजनिकपछि चिनियाँ पर्यटकको संख्याले निरन्तर रूपमा वृद्धि प्रवृत्ति देखाउनेछ, जसले नेपालको पर्यटन, उद्योग, कृषिलगायत व्यवसायको विकासलाई बढाउनेछ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ तारिख काठमाडौंमा सन् २०२३ चीन-नेपाल लगानी तथा आर्थिक व्यापार मञ्चलाई सम्बोधन गर्दै  विदेशमा सामूहिक यात्रा पुनः शुरू हुने मुलुक नामावलीमा नेपाल सूचिकृत गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, कोभिड-१९ महामारीले नेपालको पर्यटन गम्भीर रूपमा क्षति पुर्याएको छ। चीनको यो कदमले नेपालको पर्यटनमा सकारात्मक भूमिका खेल्नेछ।

नेपालको सुन्दर प्राकृतिक दृश्य र आकर्षक सँस्कृतिका लागि छिटै रूपमा धेरै चिनियाँ पर्यटकहरू नेपाल पुग्नेछन्। साथीहरू, तपाईंले तयारी पूरा गर्नुभयो त?