७० भन्दा बढी मुलुकका तर्फबाट मानव अधिकारको सम्बन्धमा चीनको सम्बोधन
2023-03-18 16:22:48cri
Share with:

मार्च १७ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औँ अधिवेशनमा जेनेभास्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि चीनका स्थायी प्रतिनिधि छन स्युले विश्व मानव अधिकार घोषणापत्र पारित भएको ७५औँ वार्षिकोत्सवका अवसरमा ७० भन्दा बढी मुलुकका तर्फबाट घोषणापत्रको कार्यान्वयनका सम्बन्धमा संयुक्त सम्बोधन गर्दै ४ बुँदे धारणा राख्नुभएको छ।

उहाँले प्रस्तुत गर्नुभएका ४ बुँदा यस प्रकार छनः पहिलो, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार, विकासको अधिकार र नागरिकको राजनीतिक अधिकारलाई  चौतर्फी रुपमा अगाडि बढाउनु जरुरी छ। ती अधिकारहरू एकअर्काका परिपूरक र उत्तिकै महत्वपूर्ण भएकोले ती विषयहरूमा उत्तिकै ठूलो ध्यान दिनुपर्छ र सन्तुलित रूपमा अघि बढ्नुपर्छ। दोस्रो, परिणाममुखी हुनुपर्छ। जनतालाई केन्द्रमा राखेर विकास अधिकारको कार्यान्वयन गर्नुपर्छ। यसै क्रममा संयुक्त राष्ट्रसङ्घको दिगो विकासको कार्यसूची २०३० लाई संयुक्त रूपमा संरक्षण गरेर अघि बढ्नुपर्छ। महामारीपछिको पुनरुत्थानलाई अझ राम्रो तरिकाले साकार तुल्याउनु आवश्यक छ। मानव अधिकारमा उदीयमान प्रविधिहरूको प्रभावमा ध्यान दिँदै कमजोर समूहहरूको अधिकारको रक्षा गरेर असमानताहरूलाई हटाउनुपर्छ; मानव अधिकारको प्रवर्द्धन र संरक्षणका क्रममा विकासोन्मुख मुलुकहरूलाई सहयोग पुर्याउँदा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गर्नुपर्छ। तेस्रो, एक अर्कालाई सम्मान गर्नुपर्छ। मानव अधिकारका अभ्यासहरू विविध छन् र विभिन्न देशहरूले स्वतन्त्र रूपमा रोजेको मानव अधिकार विकास मार्गको सम्मान गर्नैपर्छ। चौथो, संवाद र सहकार्य आवश्यक छ। मानव अधिकारको क्षेत्रमा बढ्दो प्रतिद्वन्दिता र ध्रुवीकरणको सामना गर्दा विभिन्न पक्षहरूले यस अवसरमा सहमति र पारस्परिक विश्वास जम्मा गर्नुपर्छ जसबाट विश्वव्यापी मानव अधिकार संरक्षण महान कार्यलाई संयुक्त रूपमा अगाडि बढाउन सकिने छ र विश्व मानव अधिकार घोषणापत्रमा नयाँ जीवन्त शक्ति थप्न सकिने छ।